नियम ९७
वैदेशिक सहायताबाट प्राप्त हुने सम्पत्ति तथा जिन्सी व्यवस्था
(१) वैदेशिक सहायता सम्बन्धी सम्झौतामा वस्तुगत सहायता समावेश भएकोमा अर्थ मन्त्रालयले त्यसको प्रतिलिपि सम्झौता भएको तीस दिनभित्र महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(२) कार्यालय वा आयोजनाले वैदेशिक सहायता अन्तर्गत प्राप्त सम्पत्ति तथा जिन्सी मालसामान बा अन्य कुनै प्रकारको वस्तुगत सहायताको विवरण र् मूल्य खुलाई त्यस्तो सहायता प्राप्त भएको सात दिनभित्र आम्दानी बाँध्नु पर्नेछ।
(३) सम्बन्धित कार्यालयले वैदेशिक सहायता सम्बन्धी सम्झौता अन्तर्गत प्राप्त भएको वस्तुगत सहायतामा राजस्व छुट दिइएको भएमा सोको व्यहोरा सम्पत्ति तथा जिन्सी मालसामान दाखिला प्रतिवेदन फाराममा पनि जनाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम राजस्व छुट दिई कुनै आयोजना वा कार्यालयको काममा व्यक्ति वा संस्थाले सम्पत्ति तथा जिन्सी मालसामान पैठारी गर्न स्वीकृति दिएको भए त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामान पैठारीको लगत सम्बन्धित आयोजना वा कार्यालयले राखु पर्नेछ।
(५) उपनियम (४) बमोजिम पैठारी भएको सम्पत्ति तथा जिन्सी मालसामान हस्तान्तरण भई नेपाल सरकारको स्वामित्वमा आएमा त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामानको विवरण आयोजना वा कार्यालयको सहायक जिन्सी खातामा प्रयोग गर्नेको नाम थर, ठेगाना खुलाई राख्नु पर्नेछ।
(६) वस्तुगत सहायता अन्तर्गत कुनै एक आयोजना बा कार्यालयले सम्पत्ति तथा जिन्सी मालसामान प्राप्त गरी विभिन्न आयोजना वा कार्यालयमा त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामान हस्तान्तरण गर्नु पर्ने भएमा त्यसरी हस्तान्तरण गर्नु अघि त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामानको विवरण, प्रति एकाइ मूल्य, प्राप्त मिति र भन्सार महसुल छुट सुविधा भए सो समेत खुलाई लगत तयार गर्नु पर्नेछ।
(७) वैदेशिक सहायता अन्तर्गत प्राप्त सम्पत्ति तथा जिन्सी मालसामानको मूल्य विदेशी मुद्रामा उल्लेख भएको रहेछ भने दाखिला गर्दाको दिनको विनिमय दर (बिक्री दर) को आधारमा नेपाली मुद्रा कायम गरी आम्दानी बाँध्नु पर्नेछ।